Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • अमेरिकाले गलत सूचना फैलाएर चीनको बदनाम गर्न खोज्यो : वाङ वेनबिन

    अमेरिकाले गलत सूचना फैलाएर चीनको बदनाम गर्न खोज्यो : वाङ वेनबिन

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 993
    SHARES

    एजेन्सी । चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले चीनबारे भ्रामक टिप्पणी दिएको भन्दै अमेरिकी अधिकारीको अभिव्यक्तिमा आपत्ति जनाएको छ ।

    सुरक्षा दृष्टिकोणलाई लिएर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनको अभिव्यक्तिलाई लिएर चीनले खण्डन गरेको हो ।



    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकी विदेशमन्त्री ब्लिंकनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप र विदेश नीतिलाई बदनाम गर्न खोजेको टिप्पणी गरे ।



    बिहीवार भएको एउटा कार्यक्रममा ब्लिंकनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको बढ्दो प्रभाव सन्तुलित गर्नुपर्ने बताएका थिए । साथै उनले चीनले ताइवानमाथि तनाव बढाएको आरोप पनि लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार