Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपाली फिल्म ‘कबड्डी ४’ को बक्स अफिसमा नयाँ कीर्तिमान

    नेपाली फिल्म ‘कबड्डी ४’ को बक्स अफिसमा नयाँ कीर्तिमान

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘कबड्डी ४’ ले बक्स अफिसमा नयाँ कीर्तिमान बनाएको छ। ३ करोडभन्दा धेरै कलेक्सन गर्दै फिल्मले पहिलो दिन सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको हो।

    रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मले एडभान्स बुकिङबाटै शुरुको दुई दिनमा लगानी सरक्षित गर्ने देखिएको थियो। पहिलो दिनको सबै शो हाउसफूल थियो भने दोस्रो दिन पनि दर्शकको उत्साहजनक उपस्थितिमा फिल्म प्रदर्शन भइरहेको छ।



    शनिबार फिल्मको पहिलो दिनभन्दा बढी कमाइ गर्ने पक्का देखिएको छ।  करिब तीन करोड बजेटमा बनेको फिल्मले पहिलो दिन नै ३ करोडभन्दा बढी कमाइ गरेको हो।



    कबड्डी ४ को यो कमाइलाई नेपाली फिल्मका लागि शुभ संकेतको रूपमा हेरिएको छ। कोरोना महामारीपछि पहिलेको लयमा फर्कन समय लाग्ने भनिरहेका वेला कबड्डी ४ ले अहिलेसम्मकै सबैभन्दा राम्रो ओपनिङ गर्नुले नेपाली फिल्म निर्माता उत्साहित देखिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार