Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पंजाबी गायक सिद्धू मूसेवालाको गोली हानि हत्या

    पंजाबी गायक सिद्धू मूसेवालाको गोली हानि हत्या

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 843
    SHARES

    पंजाबी गायक शुभदीप संह सिद्धू (सिद्धू मूसेवाला)को हत्या भएको छ । आइतबार साँझ पंजाबको मानसा जिल्लास्थित जवाहरके गाउँमा उनीमाथि गोली प्रहार भएको थियो ।

    मानसाकै सिभिल सर्जन डा.रन्जित सिंहले मूसेवालासहित ३ जनालाई अस्पतालमा ल्याइएको तर अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भइसकेको जनाएका छन् । मूसेवालाको शरीरमा चारदेखि पाँचवटा गोलीका निशाना भेटिएको बताइएको छ ।



    साथीहरुसँग साढे ४ बजेतिर घरबाट निस्किएका उनीमाथि आइतबार साँझ साढे ५ बजेतिर जवाहरके गाउँ नजिकै हमला भएको हो । पंजाब प्रहरीले पनि यसमा गुन्डा समूहको हात रहन सक्ने बताएको छ ।



    सिद्धू मूसेवालासँग ४ जना सुरक्षा गार्ड थिए । सिद्धू बुलेट प्रूफ गाडी छोडेर सुरक्षाकर्मी बिनै घर बाहिर निस्किएका थिए ।घटनास्थलमा ३० वटा गोलीका खोका भेटिएको र तीन अलग अलग हतियारको रहेको पंजाब प्रहरीले बताएको छ । २८ वर्षीय सिद्धू गत डिसेम्बरमा कांग्रेस पार्टीमा प्रवेश गरी राजनीतिमा सक्रिय रहँदै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार