Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल तानियो, २१ गते भोटो देखाइने

    रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल तानियो, २१ गते भोटो देखाइने

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेलसम्म तानिएको छ । इटी टोलमा रहेको रथलाई आज बुधवार लगनखेल हुँदै जावलाखेलसम्म तानिएको हो ।

    रथ तान्ने क्रममा हजारौँको सङ्ख्या मानिस जम्मा भएका थिए भने रथ तानुञ्जेल लगनखेल–जावालाखेल सडक प्रभावित भएको थियो ।



    अब यही २१ गते शनिवार भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टङ्गल लगिनेछ ।



    त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ । रथयात्रा गत वैशाख २१ गते पुल्चोकबाट सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार