Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चीनले गर्‍यो शेन चौ–१४ मानव अन्तरिक्ष यानको सफल प्रक्षेपण

    चीनले गर्‍यो शेन चौ–१४ मानव अन्तरिक्ष यानको सफल प्रक्षेपण

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको छ ।

    सो प्रक्षेपणपछिको ५७७ सेकण्डमा शन चौ–१४ अन्तरिक्ष यान छाङ चङ रकेटबाट छुटिएर निर्धारित क्षेत्रमा बसेको हो ।



    चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार दिएको जानकारी अनुसार सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेको छ ।



    परियोजनाले यो प्रक्षेपण चीनको अन्तरिक्ष यात्राको अर्को सफलता हो । चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजना सुरु भएदेखि यो २३औँ अन्तरिक्ष यान प्रक्षेपण हो ।

    साथै अन्तरिक्ष स्टेशन निर्माण क्रममा मानव बोक्ने अन्तरिक्ष यानको प्रक्षेपण गरिएको यो तेस्रो हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार