Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चौतर्फी विरोधपछि इम्बोस्ड नम्बर ‘अनिवार्य’बाट पछि हट्यो सरकार

    चौतर्फी विरोधपछि इम्बोस्ड नम्बर ‘अनिवार्य’बाट पछि हट्यो सरकार

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । चौतर्फी विरोधपछि सरकार इस्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नबाट पछि हटेको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले यसअघि प्रकाशित सूचनाबाट आमसेवाग्राहीमा पर्न गएको दुविधा र त्यसबाट उत्पन्न भएको असुविधाप्रति क्षमायाचनासमेत गरेको छ ।



    विभागले अहिलेकै गतिमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा ४० दिनमा २५ लाख सवारीसाधनमा जडान गर्न नसकिने स्विकारेको छ ।



    सरकारले गत २० जेठमा एक सूचना जारी गर्दै बाग्मती र गण्डकी प्रदेशमा असार मसान्तसम्म अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिएको थियो । विभागले सो समयसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनीसमेत दिएकोमा चौतर्फी विरोधपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।

    सरकारको सो निर्णयको सडकदेखि सदनसम्म विरोध हुँदै आएको छ । विरोधले उच्च रूप लिएपछि विभागले लट नम्बरअनुसार समय तालिका तोकेर इम्बोस्ड नम्बर जडान गर्ने भन्दै आफ्नो निर्णय सच्याएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार