Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपाल प्रहरीका पाँच एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

    नेपाल प्रहरीका पाँच एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति भएका नेपाल प्रहरीका पाँच प्रहरी अधिकारीले दर्ज्यानी चिन्ह (फूली) लगाएका छन् ।

    नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले एआईजीमा बढुवा भएका उनीहरुलाई प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंह प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    एआईजीमा पदोन्नति भएका उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंहलाई आईजीपी सिंहले दर्ज्यानी चिन्ह लगाएका हुन् ।



    समारोहमा आईजीपी सिंहले पदोन्नति भएका एआईजीहरुलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार