Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • वर्षायाम सुरु भएसँगै मेलम्ची नदी आसपास क्षेत्र प्रभावित, बाढीले अस्थायी पुल बगायो

    वर्षायाम सुरु भएसँगै मेलम्ची नदी आसपास क्षेत्र प्रभावित, बाढीले अस्थायी पुल बगायो

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित हुन थालेको छ ।

    गएराति आएको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचना बगाउन थालेको छ । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति पुर्‍याएको हो ।



    मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर बाटो बनाइएको थियो।



    मेलम्चीको वडा नम्बर ७ र ११ जोड्ने उक्त ह्युमपाइपमा क्षति भएपछि बाटो अवरूद्ध भएको छ । यो अस्थायी संरचना आज बिहान बाढीले क्षति पुर्‍याएपछि मर्मत गर्न लागिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार