Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एसिया छनोटको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले हरायो

    एसिया छनोटको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले हरायो

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 933
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको छ ।

    यसअघि नै दुई खेलमा पराजित हुँदै विश्वकप पुग्न असफल भएको नेपालले सुखद नतिजासहित प्रतियोगिता सकाएको हो । पाँच खेलमा तीन खेल जित्दै ७ अंक जोडेर नेपाल तेस्रो भयो ।



    यसअघि नै युएई र थाइल्याण्डसँग पराजित भएको नेपालले कतार भुटानलाई भने पराजित गरेको थियो ।



    एसिया छनोटमा कुल ६ राष्ट्रले प्रतिस्पर्धा गरेकोमा विजेता मात्र अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ महिला विश्वकपमा छनोट हुनेछन् । नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले पूरै २० ओभर खेल्दा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार