Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • चीनले भन्यो – भारत र चीन मामिलामा अमेरिकाले आगोमा घिउ थप्ने काम गर्‍यो

    चीनले भन्यो – भारत र चीन मामिलामा अमेरिकाले आगोमा घिउ थप्ने काम गर्‍यो

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 606
    SHARES

    एजेन्सी । चीनले भारतसँगको सीमा विवाद समाधान गर्न दुवै देशसँग इच्छा र क्षमता भएको स्पष्ट पारेको छ ।

    भारत भ्रमणमा रहेका एकजना अमेरिकी सैनिक अधिकारीले लद्दाखमा चिनियाँ गतिविधिको स्तरलाई ‘आश्चर्यजनक’ को संज्ञा दिएपछि चीनले यस्तो प्रतिक्रिया दिएको हो ।



    वार्ता र परामर्शका माध्यमबाट सीमा समस्या समाधान गर्न आफूहरू सक्षम रहेको जनाउँदै चिनियाँ विदेश मन्त्रालयले दुई देशबीचको मामिलालाई लिएर अमेरिकाले गरेको टिप्पणी ‘आगोमा घिउ’ थप्ने खालको भएको बताएको छ ।



    भारतको चार दिने भ्रमणमा रहेका अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले गरेको टिप्पणीपछि चीनको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो । भारतका पत्रकारहरूसँगको कुराकानीमा फ्लिनले लद्दाख क्षेत्रमा चीनले निर्माण गरेका पूर्वाधार डरलाग्दा एवम् विष्मयकारी भनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार