Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • भारतबाट फर्किएका युवकको कैलालीमा मृत्यु,शंकास्पद रहेको भन्दै अनुसन्धानको माग

    भारतबाट फर्किएका युवकको कैलालीमा मृत्यु,शंकास्पद रहेको भन्दै अनुसन्धानको माग

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 753
    SHARES

    फाइल तस्विर

    धनगढी । भारतबाट अछाम फर्किएका एक युवकको कैलालीमा मृत्यु भएको छ ।

    मुम्बईबाट फर्किएका चौरपाटी गाउँपालिका–१ का अन्दाजी ३२ वर्षीय धनबहादुर शाहको मृत्यु शंकास्पद रहेको भन्दै आफन्तले अनुसन्धानको माग गरेका छन् ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले शाहको शव सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिए ।



    उनका अनुसार घटनाको अनुसन्धानका लागि शाहसँगै घर फर्किरहेका तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

    शाहका आफन्तले भने भारतबाट फर्किँदा उनीहरुले गरगहना र नगद चोरी गरेको ल्याएको र भागवण्डामा कुरा नमिलेपछि हत्या गरेको दाबीसहित किटानी जाहेरी दिएको तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको आरोप लगाएका छन् ।

    मृतकका आफन्त रवीन्द्र शाहले भारतको मुम्बईबाट उनीहरुले ठूलो मात्रामा नगद र गरगहना चोरी गरेर ल्याएको हुन सक्ने भन्दै लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको हुनसक्ने बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार