Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतीय सांस्कृतिक परिषद्का अध्यक्ष विनयले गरे प्रधानमन्त्री र राष्ट्रपतिसँग शिष्टाचार भेट

    भारतीय सांस्कृतिक परिषद्का अध्यक्ष विनयले गरे प्रधानमन्त्री र राष्ट्रपतिसँग शिष्टाचार भेट

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले राष्ट्रपति, प्रधानमन्त्री लगायतका व्यक्तिहरुसँग भेट वार्ता गरेका छन् । जेठ ३१ गतेदेखि नेपाल भ्रमणमा रहेका उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री देवेन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका हुन् ।

    भेटमा दुई देशबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल भएको भारतीय राजदूतावासले जनाएको छ । यस्तै अन्तर्राष्ट्रिय योग दिवस २०२२ को सरुवाती कार्यक्रमको रुपमा युनेस्को सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भएका छन् ।



    जारी ‘आजादीका अमृत महोत्सव’ को कार्यक्रमको रुपमा पशुपति क्षेत्र विकास कोष र पतञ्जली योगपीठसँगको सहकार्यमा भारतीय राजदूतावास, काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृति केन्द्रले सो कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा पतञ्जली योगपीठ, काठमाडौंका झण्डै १५० जना योग पारखीहरुको सहभागिता थियो ।



    यसैगरी आइसीसीआर छात्रवृत्ति अन्तर्गत भारतमा अध्ययन गरेका नेपालीहरु सहित अन्य नेपाली विद्यार्थीहरुलाई जोड्ने ‘सम्पर्क भारत–नेपाल भूतपूर्व विद्यार्थी सञ्जाल’ का २०० भन्दा बढी सदस्यहरुसँग डा. सहस्रबुद्घेले कुराकानी गरेका छन् । पूर्व विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन नेपाली विद्यार्थीहरुले निर्वाह गरेको महत्वपूर्ण भूमिकाबारे चर्चा गरे ।

    यस सम्बन्धमा आइसीसीआरले खेल्न सक्ने विशेष पहल र भूमिकाबारे छलफल गर्न डा.सहस्रबुद्धेले काठमाडौं विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति र नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) का निर्देशक लगायत प्रमुख शिक्षाविद् र प्राज्ञहरुसँग भेट गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार