Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • जुगल गाउँपालिकाका चार कर्मचारीसहित ६ जनाको टाउकोमा साँढे ३६ लाख भ्रष्टाचारको मुद्दा

    जुगल गाउँपालिकाका चार कर्मचारीसहित ६ जनाको टाउकोमा साँढे ३६ लाख भ्रष्टाचारको मुद्दा

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सब इन्जिनियर रूपक घिमिरे र लेखापाल सतेन्द्र यादवविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।



    त्यस्तै बलेफी तेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामा विरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीको भनाइ छ ।



    जुगल गाउँपालिकाका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा झूटो प्रतिवेदनका आधारमा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ अनियमितता भएको अख्तियारको ठहर रहेको छ ।

    जुगल गाउँपालिकास्थित बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा आर्थिक वर्ष २०७४/७५ मा झूटो विवरणको आधारमा रकम भुक्तानी गरेको देखिएको अख्तियारले जनाएको छ।

    अख्तियारका अनुसार मापदण्ड बमोजिम निर्माण नगरी हचुवाको भरमा काम  गराइएको र डोर हाजिर तथा माइन्युटमा पनि कीर्ते हस्ताक्षर गरेको भेटिएको छ ।

    अख्तियारले अधिकृत अर्याल, इन्जिनियर पौडेल, सब इन्जिनियर घिमिरे र लेखापाल यादवबाट अनियमितता भएको रकम बराबरको बिगो कायम गरी कैद र जरिवानासहित बिगो असुल गर्न  माग गरेको छ ।

    उपभोक्ता समितिका अध्यक्ष शाक्य र कोषाध्यक्ष लामाविरुद्ध पनि सोही रकम बराबरको बिगो कायम गरी कैद वा जरिवाना गरी बिगोसमेत जफत गर्न माग दाबी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार