Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मन्त्री आलेले गाली गरेको अडियो ‘लिक’ गर्ने निगमका अध्यक्ष निलम्बित

    मन्त्री आलेले गाली गरेको अडियो ‘लिक’ गर्ने निगमका अध्यक्ष निलम्बित

    अनलाइन नेपाल
  • आइतबार, ५ असार २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन् । दुई पटक स्पष्टिकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ नआएको भन्दै उनलाई निलम्बन गरिएको हो ।

    निगमभित्र अनियमितता गरेको आरोपमा उलाई निलम्बन गरिएको भनिएपछि संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले जथाभावी बोलेर गाली गरेको अडियो ‘लिक’ गराएकै कारण उनी कारबाहीमा परेका हुन् । अधिकारीलाई गठबन्धनमा सहभागी मन्त्री आलेकै पार्टी नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको सिफारिसमा निगमको कार्यकारी अध्यक्ष बनाइएको थियो ।



    अधिकारीमाथि कानूनी आधार र औचित्य बिना ट्वीनेटर जहाज भाडामा दिएको, निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनका लागि भ्रमण कार्यमा विना निर्णय जम्बो टोली सहभागी गराई निगमलाई नोक्सान गरेको, सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा कम्पनी टिकट बिक्रिको ठेक्का दिएर आर्थिक लाभ लिएको, निगमका अधिकारी तथा कर्मचारीलाई अनुशासनमा राख्न नसकेको आरोप लगाउँदै स्पष्टिकरण सोधिएको थियो ।



    उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारीमा थप राख्दा निगमनको ख्यातीमा आँच आउने र थप वित्तिय हानि नोक्सारी हुने, कर्मचारीको मनोल गिर्न गई निगमको प्रतिकुल असर पर्ने देखिएकाले स्पष्टिकरणको जवाफ प्राप्त नहूँदासम्म उनलाई नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरिएको बताइएको छ ।

    आफुलाई निलम्बन गर्न लागेको थाहा पाएपछि अधिकारीले केही दिनअघि पर्यटन मन्त्री प्रेम आलेसँग भएको कुराकानीको अडियो सार्वजनिक गरेका थिए । उक्त अडियोमा मन्त्री ओलेले जथाभावी मुख छाडेरै उनलाई गाली गरेका छन् ।

    मन्त्री आलेले उल्टै अनुमतिबिना अडियो रेकर्ड गरेको विषयमा पनि उनीमाथि कारबाहीको तयारी गरेका छन् । यद्यपी अध्यक्ष अधिकारी पनि पटक–पटक विवादमा तानिएका व्यक्ति भने हुन् ।

    २०७४ सालमा अधिकारी निगमको अर्थ विभाग प्रमुख हुँदा दुई जना महिला अधिकृतले २०७४ भदौमा आफूहरुलाई यौन हिंसा गरेको भन्दै उनीविरुद्ध तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित प्रधानमन्त्री कार्यालय, महिला आयोगमा उजुरी गरेका थिए । निगमले त्यसबेला गरेको आन्तरिक छानबिनको सुझावका आधारमा उनलाई निलम्बन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार