Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नापी कार्यालयबाट एक लाख २५ हजार घुससहित बिचौलिया रंगेहात पक्राउ

    नापी कार्यालयबाट एक लाख २५ हजार घुससहित बिचौलिया रंगेहात पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नापी कार्यालय पर्साबाट एक जना बिचौलिया घुससहित पक्राउ परेका छन् । नापी कार्यालयमा सेवाग्राहीबाट १ लाख २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका-१३ मुर्ली घर भएका ६० बर्षीय दिनेश पाण्डे भनिने उमा पाण्डे पक्राउ परेका हुन् ।

    उनले सेवाग्राहीलाई लालपुर्जा उपलब्ध गराइदिने भनि घुस रकम माग गरेका थिए । घुसबापतको रकम सेवाग्राहीले पाण्डेलाई दिएपछि पुगेको प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको हो ।



    विगत तीन महिनादेखि उनले वीरगन्ज महानगरपालिका-१५ लक्ष्मणवा निवासी राजनारायण झालाई लालपुर्जा दिलाइदिने भन्दै झुलाउँदै आएका थिए ।



    नापी कार्यालयमै पक्राउ परेका सरकारी पोशाकमै रहेका पाण्डेले आफू कार्यालयको कर्मचारी भएको बताउँदै सेवाग्राहीलाई ठग्दै आएका थिए ।

    घुससहित पक्राउ परेका उनलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मंगलबार पाण्डे पक्राउ परेपछि नापी कार्यालयले झालाई लालपुर्जा तत्काल उपलब्ध गराएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार