Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भीमफेदी कारागारका कैदीको मृत्यु

    भीमफेदी कारागारका कैदीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 960
    SHARES

    फाइल तस्विर

    मकवानपुर । भीमफेदी कारागारमा कैद सजाय भोगिरहेका एक जनाको मृत्यु भएको छ ।

    लागुऔषध कारोबारमा पक्राउ परेका हेटौंडाका ३४ वर्षका युवकको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    २०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा मकवानपुरको भीमफेदी कारगारमा कैदी जीवन बिताइरहेका हेटौंडा—२ का मिलन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    भीमफेदी कारागारका सुरक्षागार्ड मओसेतु गुरुङका अनुसार ७ वर्षका लागि कैदी तोकिएको परियारलाई मंगलबार अचानक छाती पोल्ने र दुख्ने समस्य देखिएको थियो ।

    स्वास्थ्यमा समस्या देखिए लगत्तै उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा लगिएको थियो ।

    स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि परियारलाई थप उपचारका लागि हेटौंडा अस्पताल रिफर गरेको थियो ।

    उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा नै परियारको मृत्यु भएको प्रहरीको भनाई छ । परियारले ७ वर्ष तोकिएको कैद सजायमध्ये ३ वर्ष बिताइसकेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार