Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमालेले महंगीविरुद्ध २२ वटै जनसंगठनलाई सडक आन्दोलनमा उतार्ने

    एमालेले महंगीविरुद्ध २२ वटै जनसंगठनलाई सडक आन्दोलनमा उतार्ने

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 954
    SHARES

    काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै सम्बन्धित जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने भएको छ ।

    पार्टी कार्यालय च्यासलमा बसेको एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए । बैठकमा एमालेका २२ वटा जनसंगठनका प्रमुखहरु सहभागी थिए ।



    एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूसहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्दोलन वा सम्बन्धित संगठनले एकल आन्दोलन गर्ने निर्णय भएको ढकालले बताए।



    तत्कालै मुल्यवृद्धि, किसानले मल नपाएको तथा विद्यार्थीले पाठ्यपुस्तक नपाएको विषयमा आन्दोलन सुरू हुने भएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार