Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • भरतपुर प्रादेशिक अस्पताललाई रगतपरीक्षण गर्ने उपकरण हस्तान्तरण

    भरतपुर प्रादेशिक अस्पताललाई रगतपरीक्षण गर्ने उपकरण हस्तान्तरण

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 654
    SHARES

    भरतपुर । भरतपुर प्रादेशिक अस्पताललाई काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरेकोे छ । विभिन्न संवेदनशील रोगको रगत परीक्षण गर्ने दुई थान ईलेक्ट्रोलाइट एनालाइजर उपकरण अष्ट्रेलियामा कार्यरत नेपालीहरुको संस्था अम्याजिङ प्यारेन्टसले उपलब्ध गराएको हो ।

    उपकरण हस्तान्तरण कार्यक्रममा पूर्वअर्थमन्त्री तथा ईश्वर मन्दिरका संरक्षक शंकरप्रसाद कोइरालाले स्वास्थ्य सेवाको हबका रुपमा रहेको भरतपुर अस्पताललाई उपकरण दिन पाउँदा खुसी लागेको र यसले विपन्न वर्गको स्वास्थ्य सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सरकारी विद्यालयमा ई लर्निङ अभियान शुरु गरेको संस्थाले अब शिक्षा र स्वास्थ्यलाई एकसाथ अघि बढाउने जानकारी दिए ।



    भरतपुर अस्पताल व्यवस्थापन समिति अध्यक्ष डा। भोजराज अधिकारीले ३५ लाख जनसंख्यालाई स्वास्थ्य सेवा दिइरहेको अस्पतालका लागि उपकरण उपयोगी हुने बताउनुभयो । उहाँले सेवाका क्षेत्रमा अस्पताल सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । अस्पताल प्रमुख प्रा.डा. कृष्णप्रसाद पौडेलले दैनिक दुई हजार बढी रोगीहरुको चाप रहने भरतपुर अस्पतालको विकासमा सहयोगी हातहरुको उदारता प्रशंसनीय रहेको बताए ।



    संस्थाका अध्यक्ष प्रमेश केसी र स्वयंसेवी आरोहणनरसिंह खड्काले संस्थाको गतिविधि अब दुर्गम क्षेत्रमा केन्द्रित गर्ने बताउनुभयो । उहाँहरुले अब ईश्वर मन्दिर र अम्याजिङ प्यारेन्टसको सहकार्यमा शिक्षा र स्वास्थ्यका गतिविधि सञ्चालन गरिने जानकारी दिए । ईलेक्ट्रोलाईट एनालाईजर उपकरणको बजार मूल्य १० लाख पर्न आउने बताइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार