Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • चितवन-३ मा डा. अधिकारी बने गठबन्धनको उम्मेदवार

    चितवन-३ मा डा. अधिकारी बने गठबन्धनको उम्मेदवार

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 1.2K
    SHARES

    चितवन । चितवन निर्वाचन क्षेत्र-३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

    २०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको चितवन निर्वाचन क्षेत्र ३ मा अधिकारीलाई उम्मेदवार बन्ने भएका हुन् ।



    भरतपुर अस्पतालको अध्यक्ष रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन-३ बाट उम्मेदवार बनाउने तयारी माओवादीको छ ।



    डा. अधिकारीलाई प्रचण्डले फोन गरेर उम्मेदवारी दर्ताको तयारीका लागि कागजात जुटाउन भनिएको बताइएको छ । सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ ।

    प्रचण्डले चितवन-३ मा जोखिम मोल्न नचाहेर गोरखा-२ मा गएपछि माओवादीले अधिकारीलाई उम्मेदवार बनाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार