Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • टोखा नगरपालिकाले ल्यायो दुई अर्ब ११ करोड ५६ लाख सात हजार रुपैयाँको बजेट

    टोखा नगरपालिकाले ल्यायो दुई अर्ब ११ करोड ५६ लाख सात हजार रुपैयाँको बजेट

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 780
    SHARES

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले दुई अर्ब ११ करोड ५६ लाख सात हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

    ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर निर्माणका लागि टोखाले आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि आज ११औँ नगरसभामा उक्त बजेट प्रस्तुत गरेको हो ।



    नीति तथा कार्यक्रम प्रस्तुत गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले चालू आर्थिक वर्षमा सम्झौता भई आवको अन्त्यसम्म कार्यान्वयन हुन नसक्ने योजना तथा कार्यक्रमलाई क्रमागतरुपमा निरन्तरता दिने बताए ।



    टोखाले नीति तथा कार्यक्रममा नगरपालिकाभित्रको सुरक्षाका लागि मुख्य स्थानमा सिसी क्यामरा जडान गर्ने, टोलमा सुरक्षा साइरन जडान गर्ने, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने, नगर प्रहरी परिचालन गर्ने बताएको छ । टोखाको चाकुलाई ब्राण्डिङ गरिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार