Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • नेताहरूको घरमा ‘बम’ राखेकोमा एमालेको आपत्ति

    नेताहरूको घरमा ‘बम’ राखेकोमा एमालेको आपत्ति

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 900
    SHARES

    झापा । आफ्ना नेताहरूको घर अगाडि प्रेसर कुकर बम राखेको भन्दै नेकपा एमाले झापा जिल्ला कमिटीले आपत्ति जनाएको छ ।

    पार्टी स्थायी कमिटी सदस्यका प्रदेश र पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्की, पार्टी केन्द्रीय लेखा आयोग सदस्य लिला कट्टेल कार्की तथा पार्टी जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीको गौरादह वडा नं. ३ स्थित घरमा असार १० गते प्रेसर कुकरमा विद्युत् जडान गरी बम राखेको पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।



    पार्टीले उक्त अवाञ्छित आतङ्क फैलाउने घटनाको घोर निन्दा र भर्त्सना गर्दै दोषी माथि कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ।



    समाजको शान्ति, सुरक्षा, अमन चयन खलबलाउने गरी र मानवीय क्षति तथा धनजनको क्षति हुने गरिएका यस्ता क्रियाकलाप जोसुकैले गरेको भए पनि क्षमायोग्य नभएको पार्टीले बताएको छ। प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई लक्षित यो घटनाले सर्वसाधारण र स्वयम् हाम्रो पार्टी पङ्क्तिलाई गम्भीर बनाएको विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार