Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपाल वायुसेवा निगममा पदपूर्तिका लागि लिइएका लिखित परीक्षा र विज्ञापन रद्द

    नेपाल वायुसेवा निगममा पदपूर्तिका लागि लिइएका लिखित परीक्षा र विज्ञापन रद्द

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमले लिएका परीक्षा रद्ध गरेको छ ।

    निगमको मानव संसाधन विभागले मंगलबार सूचना जारी गरी लिइसकेको लिखित परीक्षा तथा केही विज्ञापन पनि रद्द गरिएको जानकारी दिएको हो।



    सर्वोच्च अदालतको फैसला तथा लोक सेवा आयोगको मिति २०७९/०२/२६ गतेको निर्णय बमोजिम निगमको पदपूर्ति समितिको बैठकले आ.व. २०७५र७६ का लागि आह्वान गरिएका विज्ञापन नं. १०–१२/२०७५/७६ का विज्ञापनहरूको लोक सेवा आयोगद्वारा परीक्षा सञ्चालन भई नतिजा प्रकाशन हुन बाँकी लिखित परीक्षाहरू रद्ध गरिएको निगमले जनाएको छ ।



    आर्थिक वर्ष ०७६/७७ का लागि मिति २०७६/११/०२ मा निगमले प्रकाशित गरेका विज्ञापनहरूमध्ये खुलातर्फ विज्ञापन नं. ०१–१८/०७६/७७ तथा आन्तरिक तर्फका विज्ञापन नं. २०१–२२५/०७६/७७ का विज्ञापनसमेत रद्द गर्ने निर्णय भएको निगमको सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार