Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला आयो : मन्त्री यादव

    निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला आयो : मन्त्री यादव

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 822
    SHARES

    काठमाडौं । मलको ठेक्का प्रणाली राम्रो नभएको  कृषि तथा पशुपन्छी विकासन्त्री महिन्द्र राय यादवले गुनासो गरेका छन् ।

    १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा आज बिहान आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।



    रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको र मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको मन्त्री यादवले बताए ।



    अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकदारको बेवास्ताका कारण मल ल्याउन नसकिएको मन्त्री यादवले बताए । मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै मन्त्री यादवले पेट्रोलियम पदार्थ आयात गरेजस्तै मल आयात गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार