Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • खानेपानी मन्त्रालयमा मन्त्रीका पीएको आतंक, सचिवदेखि आयोजना प्रमुखसम्म दिक्क

    खानेपानी मन्त्रालयमा मन्त्रीका पीएको आतंक, सचिवदेखि आयोजना प्रमुखसम्म दिक्क

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । खानेपानी मन्त्री महिन्द्र राय यादवका स्वकीय सचिव सत्यप्रकाश यादवले मन्त्रालयमा आतंक मच्चाएका छन् । खानेपानी मन्त्रालयका आयोजना प्रमुखहरु, कार्यालय प्रमुखहरु, संस्थानका प्रमुख लगायतका कर्मचारीसँग चर्को रकम उठाउने गरेर आतंक मच्चाएका हुन् ।

    मन्त्री कार्यकक्षमा भएको समयमा मन्त्रीसँगै रहने र मन्त्री बाहिरिएपछि सचिवालयको कार्यकक्षमा बसेर कर्मचारी र प्रमुखहरुसँग विभिन्न बहानामा पैसा उठाउनका लागि फोन सम्पर्क गरी दुःख दिने गरेको आरोप छ ।



    मन्त्री यादव त्यसै पनि विवादित व्यक्तिका रुपमा चिनिन्छन् । उद्योग मन्त्रीमा रहँदा होस् या सिञ्चाईमा रहँदा होस् मन्त्री यादवको विगत राम्रो छैन । खानेपानीमा आउनु अगावै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रलायको समेत केही समयमा कार्यभार सम्हाल्दा समेत उनको छवि राम्रो थिएन ।



    उद्योग र सिञ्चाइमा रहँदा कार्यकक्षमा काम विशेषले आउने कर्मचारीदेखि लिएर सेवाग्राही समेतबाट पैसा नखाई काम नगर्ने मन्त्रीका रुपमा उनलाई चिनिने गरेको छ । कतिपयले त मन्त्रीको सचिवालयका कर्मचारी र मन्त्रीले भेटे बापत रकम बुझाउनुपर्ने गरेको गुनासो गर्नेहरु अझै भेटिन्छन् ।

    सचिवालयका कर्मचारीहरुले दाम नबुझाउने कर्मचारीहरुलाई मन्त्रीसँग भेट गर्न समय नै नदिने गरेको बताउनेहरु सिंहदरबारमा कम छैनन् । तत्कालीन सिंचाई सचिव विन्दा हाडाले मन्त्रीले दिएको लिष्टअनुसार सरुवा गर्न नमान्दा मन्त्री र सचिवबीच भएको खटपट सिंहदरबारमा मात्रै सीमित नभई कर्मचारी बृत्तमा समेत चर्चाको विषय बन्न पुगेको थियो । अहिले उनै मन्त्री यादव खानेपानी मन्त्रालयमा छन् ।

    डा.बाबुराम भट्टराईको कोटामा मन्त्री बन्न पुगेका यादवको कार्यकक्षमा बाबुराम पत्नी हिसिला यमीको बाक्लै आउजाउ हुने गरेको छ । मन्त्रालयभित्र अहिले खानेपानी मन्त्रालय बाबुराम दम्पत्तिले चलाएको चर्चा हुने गरेको छ । प्रमुख स्वकीय सचिवका रुपमा मन्त्रीले आफ्ना छोरा सुनिल अधिकारीलाई नियुक्त गरेका छन् । उनीपछिका स्वकीय अधिकृतका रुपमा सत्यप्रकाश यादव छन् ।

    अधिकारीको सोझो पनको फाइदा उठाउँँदै सत्यप्रकाशले मन्त्री र मन्त्रालयसँग फाइदा उठाउँदै आएका छन् । मन्त्री र सचिवालयका लागि मन्त्रालयले ५ वटा सवारी साधन उपलब्ध गराएको छ । नियमअनुसार मन्त्रीले दुईवटा सवारी साधन पाउने व्यवस्था छ । उपसचिव सरहका प्रमुख स्वकीय सचिव र निजी सचिवका लागि सवारी साधन पाउने व्यवस्था छैन तर सत्यप्रकाशकै जोडबलमा अहिले मन्त्री र सचिवालयका लागि पाँचवटा सवारी साधन उपलब्ध गराइएको छ ।

    सत्यप्रकाशले दुईवटा सवारी साधन प्रयोग गर्ने गरेको सचिवालय स्रोत बताउँछ । पाँचवटा सवारी साधनलाई मन्त्रालय र आयोजनाहरुबाट जथाभावी रुपमा इन्धनको कुपन लिने काम सत्यप्रकाशले गर्दै आएका छन् । मन्त्रीको सवारी साधनका लागि मन्त्रालयले रकमै उपलब्ध गराउने भएका कारण झण्डा वाला सवारीसाधनमा पनि आयोजना र मन्त्रालयले छुट्टै कुपनको व्यवस्था गर्नुपर्ने बाध्यता छ ।

    इन्धनको कुपन आवश्यकता भन्दा बढी माग गर्ने सत्यप्रकाशले बाँकी रहेको कुपन पेट्रोलपम्पमा बुझाएर पैसा लिने गरेको आरोप समेत लागेको छ । सचिवालय हम्मेसी नछाड्ने सत्यप्रकाशले मन्त्रीसँग भेट्न आउने कर्मचारीसँग बार्गेनिङ गर्ने गरेको आरोप छ । स्रोतका अनुसार, मन्त्री र सचिव सुरेश आचार्यबीचको सम्बन्धमा पछिल्लो समय दरार ल्याउने काम पनि उनै सत्यप्रकाशले गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार