Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • उपेन्द्रले आनाकानी गर्नु पार्टी विवादको मुख्य जड हो : यादव

    उपेन्द्रले आनाकानी गर्नु पार्टी विवादको मुख्य जड हो : यादव

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 768
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले जसपामा विधान अनुसार दुई जना अध्यक्ष राख्न भन्दा उपेन्द्र यादवले आनाकानी गर्नु नै पार्टीमा विवादको मुख्य जड भएको बताएका छन् ।

    बाबुराम पक्षको केन्द्रीय समितिको विस्तारित बैठकमा बोल्दै उनले कलष्टर अनुसार एकजना जनजातिबाट अध्यक्ष राख्नु पर्ने भन्दा अध्यक्ष यादवले नमानेको उनले गुनासो गरेका हुन् ।



    नेता यादवले योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिनु पर्ने बताउँदै हरेक समुदायको प्रतिनिधित्व हुने गरी सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्नु पर्ने बताए ।



    उनले पार्टीको विवाद समाधानका लागि तीन सदस्यको एउटा हेडक्वार्टर बनाइए पनि त्यसलाई राम्रोसँग चल्न नदिएको गुनासो गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार