Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • इलाममा जिप दुर्घटना हुँदा १३ जना घाइते

    इलाममा जिप दुर्घटना हुँदा १३ जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 714
    SHARES

    इलाम । इलाम नगरपालिका-१ मिलगोलाईमा सवारी दुर्घटना हुँदा १३ जना  घाइते भएका छन्। ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप दुर्घटना हुँदा १३ यात्रु घाइते भएका हुन् ।

    अनियन्त्रित भई सवारी राजमार्गबाट करिब २ सय मिटर तल पुवाखोला नजिकै झरेको हो । गाडीमा सवार १० महिनाकी बालिकासहित चालक र सबै यात्रु घाइते भएका छन् ।



    घाइते हुनेमा गाडी चालक इलाम नगरपालिका-२ सुम्बेकका चुडामणि घिमिरेसहित ताप्लेजुङ पाथिभरा याङबरक गाउँपालिका-५ का २१ वर्षीय अनीशा तामाङ, सोही गाउँपालिका-५ का २४ वर्षीय लोकेन्द्र शिलवाल, ताप्लेजुङ फुङ्लिङ नगरपालिका ६ बस्ने ३० वर्षीय नीमा खतिवडा तामाङ छन् ।



    चालक घिमिरेसहित डिवन, मञ्जिला र जीतबहादुरको टाउकोमा चोट लागेको छ । ओरालो र हुस्सुका कारण घुम्तीमा गोलाइ घुमाउन नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार