Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • जनार्दनमाथिको छानबिन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने माओबादीको घोषणा

    जनार्दनमाथिको छानबिन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने माओबादीको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 783
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मामाथिको छानबिन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने भएको छ ।

    माओवादी केन्द्रका नेता वर्षमान पुनले मओवादीको तर्फबाट तत्काल कोही पनि अर्थमन्त्री नबन्ने जनाएका हुन् ।



    आर्थिक वर्ष २०७९ ०८० को बजेट बनाउँदा अनधिकृत मानिसलाई अर्थ मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार राजीनामा घोषणा गरेका छन्। उनीमाथि छानबिन गर्न संसदले ११ सदस्यीय विशेष समिति बनाएको छ।



    संसद भवनमा संवाददाताहरूसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले छानबिनमा शर्मा निर्दोष सावित भएपछि शर्मा नै अर्थमन्त्री बन्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार