Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अखिल क्रान्तिकारीद्धारा गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

    अखिल क्रान्तिकारीद्धारा गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 825
    SHARES

    काठमाडौं । विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

    अखिल (क्रान्तिकारी)ले गभर्नर अधिकारी नेकपा एमालेको नेता भएको आरोप लगाउँदै उनलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंका भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो ।



    पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पार्टीलेसमेत अधिकारीको राजीनामा मागिरहेका छन् ।



    यता, नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको छ भने महाप्रसाद अधिकारीले आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन् ।

    नेकपा एमालेले खोटाङका एम. अधिकारीलाई अर्थ तथा योजना विभागमा राखेपछि गर्भनर अधिकारी विवादित बनेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार