Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एकदिवसीय क्रिकेट : इंग्ल्याण्डसँग भारतको लज्जास्पद हार

    एकदिवसीय क्रिकेट : इंग्ल्याण्डसँग भारतको लज्जास्पद हार

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 915
    SHARES

    काठमाडौं । इंग्ल्याण्डसँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले लज्जास्पद हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा भारत इंग्ल्याण्डसँग १०० रनले पराजित भएको हो ।

    लर्डसमा टस हारेर पहिले व्याटिङ गरेको इंग्ल्याण्डले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ४६ रन बनाएको थियो। इंग्ल्यान्डका मोईन अलीले ४७ रन बनाए। डेविड विल्ली ४१ रन बनाए भने डेभिड विली ४१ तथा जोनी वरिष्टोले ३८ बनाए। भारतका युजभेन्द्र चहलले ४ विकेट लिए।



    २४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८ दशमल ५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो।



    भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए। इंग्ल्यान्डका बलर टोप्लीले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए। तीन एकदिवसीय खेलमा १–१ को बराबरी भएको छ। अन्तिम खेल आइतबार हुने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार