Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • इंग्ल्याण्डविरुद्ध जैसवालको दोहोरो शतक

    इंग्ल्याण्डविरुद्ध जैसवालको दोहोरो शतक

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 489
    SHARES

    काठमाडौं । भारतका युवा ओपनर यशस्वी जैसवालको दोस्रो टेस्ट खेलमा इंग्ल्याण्डविरुद्ध सानदार दोहोरो शतक हानेका छन् ।

    जैसवालले २७७ बलमा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक पूरा गरेका हुन्।



    जैसवाल २७८ बलमा १८ चौका र ७ छक्कासहित २०२ रनमा क्रिजमा छन् । विशाखापट्नममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले दोस्रो दिन पहिलो सेसनमा ७ विकेट गुमाउँदै ३७५ रन बनाएको छ ।



    रोहित शर्मा १४, शुभमन गिल ३४, श्रेयस ऐर २७, रजत पाटिदार ३२, अक्षर पटेल २७ र श्रिकर भरतले १७ रन बनाए ।

    इंग्ल्यान्डका सोएब बशिर र रेहान अहमद र जेम्श एन्डरसनले २-२ विकेट लिएका छन् ।

    पहिलो टेस्ट खेलमा इंग्ल्यान्ड २८ रनले विजयी भएको थियो । टेस्ट पाँच खेलको हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार