Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • केनको ह्याट्रिक, इंग्ल्याण्ड विश्वकप छनोट नजिक

    केनको ह्याट्रिक, इंग्ल्याण्ड विश्वकप छनोट नजिक

    अनलाइन नेपाल
  • शनिबार, २७ कार्तिक २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । अलबानियामाथि शानदार जीत हासिल गर्दै इंग्ल्याण्ड सन् २०२२ को विश्वकप छनोट नजिक पुगेको छ । शुक्रबार राति बेम्बले मैदानमा भएको खेलमा इंग्ल्याण्डले अलबानियालाई ५–० गोलले हराएको हो ।

    विश्वकपमा छनोट हुन इंग्ल्याण्डलाई सान मारिनो विरुद्ध मात्र एक मात्र अंक आवश्यक रहेको छ । खेलको नवौँ मिनेटमा ह्यारी मग्वायरले घरेलु टोलीलाई अग्रता दिलाए ।



    त्यसपछि केनले १८, ३३ र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आफ्नो ह्याटिक पुरा गरे । सन् २०२१ मा केनले इंग्ल्याण्डका लागि १२ गोल गरेका छन् । यसबीच जोर्डन हेन्डरसनले पनि एक गोल थपेका थिए ।



    केनले प्रतिस्पर्धात्मक खेलमा वेन रुनीको ३७ गोलको कीर्तिमान पनि तोडेका छन् । प्रतिस्पर्धात्मक खेलहरुमा केनको गोल संख्या ३९ पुगेको छ । समूह आईको शीर्ष स्थानमा रहेको इंग्ल्याण्डको २३ अंक रहेको छ ।

    दोस्रो स्थानमा रहेको पोल्याण्डको २० अंक रहेको छ । पोल्याण्डले शुक्रबार नै एन्डोरालाई ४ का विरुद्ध १ गोलले हरायो । त्यस्तै, हंगेरीले सान मारिनोलाई ४ –० गोलले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार