Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • अमित श्रेष्ठ पक्राउ प्रकरणमा चुक्दै प्रहरी

    अमित श्रेष्ठ पक्राउ प्रकरणमा चुक्दै प्रहरी

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 1.9K
    SHARES

    काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालयले क्रिप्टोकरेन्सी कारोबारको आरोपमा व्यापारी अमित श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरी नै विवादमा तानिएको छ । श्रेष्ठलाई ‘अभद्र व्यवहार गर्न नहुने’मा प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

    यद्यपी क्रिप्टोकरेन्सी जस्तो मुद्दामा नाम चलेका व्यापारीलाई निगरानीमै राखेर प्रहरीले अनुसन्धान गर्नुपर्नेमा पक्राउ गरेर प्रमाण खोज्नुलाई न्यायोचित नमानिने एक उच्च प्रहरी अधिकारी नै बताउँछन् । उनले भने–‘प्रहरीले यस्तो मुद्दामा अनुसन्धान गरी दोषी देखिने अवस्था आएमात्र आरोपीलाई पक्राउ गर्न सक्छ । तर, अहिले पक्राउ गरेर दोषी पत्ता लगाउन खोज्नुलाई प्रहरीको कमजोरी बाहेक केही मानिदैन ।’ प्रतिष्ठित व्यापारीलाई पक्राउ गर्नुअघि दोषी देखिने प्रमाण भेटिएमात्र पक्राउ गर्नुपर्नेमा प्रहरीले त्यस्तो गरेको देखिदैन ।



    व्यापारी अमित श्रेष्ठ पक्राउ प्रकरणमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा पक्राउ गरी किन अभद्र व्यवहारमा म्याद थपियो भन्ने भन्ने बारेमा प्रहरी प्रष्ट जवाफ दिन सकेको छैन ।



    गत असार  २९ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा बिशाल सिमेन्टका पूर्व संचालक समेत रहेका अमित श्रेष्ठलाई लाजिम्पाटबाट पक्राउ गरेको थियो । सो लगत्तै मिडियाहरुमा अपराध अनुसन्धान कार्यालयको हवला दिँदै अमित श्रेष्ठ क्रिप्टोकरेन्सी कारोबारका नाइके भन्दै समाचार छाए।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईले आरोपी श्रेष्ठको मोबाइल र ल्यापटप परीक्षणका लागि फरेन्सिक ल्यावमा पठाइएको र ल्याबको रिपोर्ट नआउन्जेल आरोपीलाई अभद्रमा थुनामा राख्न भनिएको बताएका छन्।

    तर, अब प्रश्न उठ्छ आरोपी श्रेष्ठको मोबाइल र ल्यापटप परीक्षणका लागि फरेन्सिक ल्यावमा पठाइएको ल्याबको रिपोर्ट कहिले आउने हो ? उनी कति दिन थुनामा बस्नु पर्ने हो ? श्रेष्ठको ल्याबको रिपोर्टबाट केही पनि नखुलेमा प्रहरीले के मा अनुसन्धान गर्ने हो ? तर, उनलाई प्रहरीले दुई पटक म्याद थप गरिसकेको छ। यो कस्तो अनुसन्धान हो ? यी यावत प्रश्नहरुको जवाफ अनुत्तरित नै रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार