Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • व्यवसायी अमित श्रेष्ठलाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

    व्यवसायी अमित श्रेष्ठलाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 462
    SHARES

    काठमाडौं । व्यवसायी अमित श्रेष्ठलाई १५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

    सरकारी वकिलको कार्यालय काठमाडौंले एक अर्ब बढी जरिवाना माग गरेका क्रिप्टो व्यवसायी श्रेष्ठलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गत असार २९ गते पक्राउ गरेको थियो।



    गत बिहीबार न्यायाधीश राजेन्द्र खरेल र किरण पोखरेलको संयुक्त इजलासले श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

    उनीमाथि थप अनुसन्धान गर्न कार्यालयले जिल्ला परिसर काठमाडौंमा पठाएको थियो।काठमाडौं जिल्ला अदालतले साउन २४ गते पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।

    उनी त्यसदिनयता कारागार कार्यालय, डिल्लीबजारमा बस्दै आएका थिए। पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध उच्च अदालतमा उनले निवेदन दिएका थिए। त्यसैमा उनलाई धरौटी माग गरी छाड्न आदेश दिएको हो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार