Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • व्यवसायी अमित श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने

    व्यवसायी अमित श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । शंकास्पद कारोबारमा संलग्न रहेको दाबी गरिएका विशाल सिमेन्टका सन्चालक अमित श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने भएको छ।

    स्रोतका अनुसार काठमाडौं प्रहरी कार्यालयले छानबिनका लागि विभागलाई पत्राचार गरेको छ । ‘उहाँले सम्पत्ति आर्जनका स्रोतहरु खुलाउन सक्नुभएको देखिँदैन। त्यसैले विभागको अनुसन्धान आवश्यक ठानेर पत्राचार गरिएको हो’, काठमाडौं प्रहरीका एक अनुसन्धान अधिकारीले भने ।



    यसअघि काठमाडौं प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ



    ४१ वर्षीय श्रेष्ठ गत असार २९ गते पक्राउ परेका थिए । नुवाकोटको विदुर नगरपालिका स्थायी घर भई काठमाडौं महानगरपालिका– २ पानीपोखरी बस्दै आएका उनको परिवारका अधिकांश सदस्य क्यानडामा छन् ।

    विदेशी मुद्रा कारोबारमा शंकास्पद भूमिका देखिएको भन्दै प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । सुरुमा प्रहरीबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा नियन्त्रणमा लिइएका श्रेष्ठको मोबाइल र ल्यापटप परीक्षण गर्दा विदेशी मुद्रा विनिमय कसुर गरेको भन्दै त्यससम्बन्धी अनुसन्धान अगाडि बढाइएको थियो ।

    काठमाडौं प्रहरी परिसरका अनुसार श्रेष्ठको कमन वेल्थ बैंक अफ अष्ट्रेलियाबाट एक लाख ९४ हजार २८५ अष्ट्रेलियन डलर र रोयल बैंक अफ क्यानडाबाट एक लाख ८७ हजार ४२१ क्यानेडियन डलर कारोबार भएको देखिएको छ ।

    यस्तै रोयल बैंक अफ क्यानडाबाट सेयर कारोबारसमेत देखिएको प्रहरीको दाबी छ । श्रेष्ठको एभरेष्ट बैंकबाट २ करोड ६ लाख ६ हजार ६९२ र एनआइसी एसियाबाट ६५ लाख २४ हजार ९१० रुपैयाँ कारोबार देखिएको प्रहरीले जनाएको छ ।

    यस्तै नबिल बैंकमा ६७ हजार ५९६ क्यानेडियन डलर र ६५ लाख नेपाली रुपैयाँ रहेको पाइएको छ । उनको कलंकी र लाजिम्पाटमा जग्गा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार