Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतमा मंकीपक्सको दोस्रो संक्रमित फेला

    भारतमा मंकीपक्सको दोस्रो संक्रमित फेला

    अनलाइन नेपाल
  • सोमबार, २ साउन २०७९
  • 783
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतको केरल राज्यमा मंकीपक्स भाइरसको दोस्रो संक्रमित भेटिएका छन् । ५ दिनअघि पनि केरलमा मंकीपक्सको पहिलो बिरामी भेटिएका थिए ।

    केरलकी स्वास्थ्यमन्त्री भीना जर्जले कुन्नर जिल्लामा मंकीपक्सको दोस्रो बिरामी भेटिएको बताइन् । अधिकारीहरुले ३१ वर्षीय ती संक्रमितको पारियाराम मेडिकल कलेजमा उपचार भइरहेको बताएका छन् ।



    उनी ५ दिनअघि मात्रै दुबईबाट फर्किएको अधिकारीहरुले बताएका छन्। चिकित्सकहरुले संक्रमितको अवस्था सन्तोषजनक रहेको र उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुमाथि निगरानी भइरहेको बताएका छन् ।



    गत साता दुबईबाट फर्केका अर्को व्यक्तिमा पनि मंकीपक्सको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार