Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाले अवरोध गरेको आरोप

    सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाले अवरोध गरेको आरोप

    अनलाइन नेपाल
  • शनिबार, ७ साउन २०७९
  • 939
    SHARES

    एजेन्सी । अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप दमास्कसले लगाएको छ ।

    सिरियाली विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकालेर उत्तरपूर्वी सिरियामा अमेरिकी सेनाको उपस्थितिको उद्देश्य सिरियाली तेल दोहन, देशको स्थायित्व र सुरक्षा पुनःस्थापनामा अवरोध गर्न भएको आरोप लगाएको हो ।



    अमेरिकी अभ्यास र आतङ्कवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ ।



    एकपक्षीय अमेरिकी प्रतिबन्धले सिरियाली जनताको जीवनलाई जोखिममा पारेको र त्यो सिरियाको वर्तमान र भविष्यका लागि हानिकारक भएको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार