Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अपाङ्गता भएकाहरुका लागि बजेटको मात्रा बढाउँछौं : गृहमन्त्री खाँण

    अपाङ्गता भएकाहरुका लागि बजेटको मात्रा बढाउँछौं : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • शनिबार, ७ साउन २०७९
  • 657
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने बताएका छन् । शनिवार काठमाडौंमा भएको विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    गृहमन्त्री खाँणले नेपालमा अपाङ्गहरुको संख्या धेरै रहेको र अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको बताए ।



    उनले पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृद्धिका लागि सानो भएपनि मासिक केही रकम दिने निर्णय गरेको उल्लेख गर्दै रकम अपुग भएपनि बजेटअनुसार निर्धारण गरिएको बताए । गृहमन्त्री खाणले प्रारम्भिक आधारशील सोचमा परिवर्तन ल्याउन जरुरी रहेको उनको भनाइ छ ।



    ‘आर्थिक र शारीरिक रुपमा कमजोर रहेकालाई समान स्तरमा ल्यान सानैबाट स्कुलिङ हुन जरुरी छ’ उनले भने, ‘नेपालका आधुनिक कार्यालयहरु अझैपनि अपाङ्गमैत्री हुन सकेको छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार