Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ३० लाख चेक बाउन्समा युरो एशिया कन्सल्टेन्सीका सञ्चालक सुर्यबहादुर डांगी पक्राउ

    ३० लाख चेक बाउन्समा युरो एशिया कन्सल्टेन्सीका सञ्चालक सुर्यबहादुर डांगी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 2.7K
    SHARES

    काठमाडौं । ठगी आरोपमा युरो एशिया एजुकेशन कन्सल्टेन्सीका सञ्चालक सुर्यबहादुर डांगी पक्राउ परेका छन् । डांगीलाई प्रहरी वृत्त कमलपोखरीले एक साता अघि ३० लाख भन्दा बढीको चेक बाउन्समा पक्राउ गरी अनुसन्धान गरिरहेको वृत्तका डिएसपी मिनबहादुर कुँवरले जानकारी दिए ।

    डांगी यसअघि पनि पटक पटक ठगीमा मुछिदै आएका व्यक्ति हुन् । उनले आईडिपीले लिने बिधार्थीहरूको आईएलटिएसको परिक्षा दर्ता शुल्क समेत नबुझाई सम्पर्कबिहिन हुँदै आएका थिए ।



    उनलाई निखिल वैध लगायतका ३ जनाले प्रहरीमा किटानी जाहेरी दिएका छन् । केहि विद्यार्थीहरूले पनि उजुरी दिने बताएका छन् । डांगी आईडिपीको एजेन्टका रूपमा पनि चिनिन्छन् ।



    आईडिपीको नाममा विभिन्न कन्सल्टेन्सीहरूबाट विद्यार्थीहरूको आईएलटिएस परीक्षाको दर्ता शुल्क उठाएर फरार हुदा समेत डांगीलाई आईडिपीले कारवाही गरेको छैन । उनलाई ३ पटक म्याद थप गरि थप अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार