Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अज्ञात समूहद्धारा गौशालामा दिनदहाडै छुरा प्रहार, पाँच लाख रुपैयाँ लुटपाट !

    अज्ञात समूहद्धारा गौशालामा दिनदहाडै छुरा प्रहार, पाँच लाख रुपैयाँ लुटपाट !

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1.2K
    SHARES

    महोत्तरी । छुरा प्रहार गरेर महोत्तरीको गौशालामा दिनदहाडै पाँच लाख रुपैयाँ लुटपाट भएको छ ।

    गौशाला नगरपालिका वडा नम्बर २ बाट रामगोपालपुर नगरपालिका ७ सहसौलाका ३५ वर्षीय अरुण कुमार चौधरीमाथि छुरा प्रहार गरि सो रकम लुटिएको हो ।



    शुक्रबार दिउँसो प्र. २-०२-००४ प ३३४७ नम्बरको मोटरसाइकलमा सम्सीतर्फ गइरहेको समयमा चौधरीको बाँया तिघ्रामा छुरा प्रहार गरि घाइते बनाएर अज्ञात व्यक्तिहरूको एक समुहले सो रकम लुटेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।



    मोटरसाइकलमा घरतर्फजाने क्रममा एक अपरिचित मोटरसाइकलमा रहेका तीन जनाको अपरिचित समूहले मोटरसाइकलबाट झरेर आफूमाथि चक्कू प्रहार गर्दै पाँच लाख रुपैयाँ लूटेर फरार भएको पीडित चौधरीले प्रहरीसमक्ष बयान दिएका छन ।

    छुरा प्रहारबाट घाइते भएका चौधरीको गौशाला पोली क्लिनिकमा उपचार भइरहेको छ । लुटपाटमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार