Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ६ लाख घुससहित यसरी पक्राउ परे पर्यटन मन्त्रालयका उप-सचिव नेपाल

    ६ लाख घुससहित यसरी पक्राउ परे पर्यटन मन्त्रालयका उप-सचिव नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उप-सचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उप-सचिव नेपाललाई काठमाडौं उपमहानगरपालिका वडा नम्बर १ मनकामना मार्गस्थित होटेल आरन्याको कम्पाउन्डबाट नियन्त्रणमा लिएको हो ।



    आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपालले पर्यटन व्यवसाय दर्ता गरिदिने भन्दै सेवाग्राहीबाट ६ लाख रुपैयाँ लिएका थिए । उनका अनुसार निवेदकले प्याराग्लाईडिङ्ग सञ्चालन गर्न अनुातिपत्र लिनको लागि आवश्यक प्रक्रिया अगाडि बढाएका थिए ।



    सो पत्र उपलब्ध गराउनका लागि उपसचिव नेपालले दुःख हैरानी दिएका थिए भने ६ लाख घुस माग गरेका थिए । सेवाग्राहीबाट प्राप्त सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले नेपाललाई रंगेहात पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार