Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कर्मचारीहरुलाई अर्थमन्त्री शर्माको आश्वासन – बजेटमा गरिएको घोषणा अनुसार नै तलबमान लागू हुन्छ

    कर्मचारीहरुलाई अर्थमन्त्री शर्माको आश्वासन – बजेटमा गरिएको घोषणा अनुसार नै तलबमान लागू हुन्छ

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 945
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबमान लागू हुने बताएका छन् ।

    मन्त्रिपरिषद्‍मा निर्णयका लागि पठाउने तयारी भइरहेका बेला मन्त्रीशर्माले अहिले त्यसको कार्यान्वयनलाई थाती राख्ने बताएका हुन् । बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्ताव गरेपछि आलोचना भएपछि अर्थमन्त्री शर्माले यसको कार्यान्वयन नगरिने बताएका हुन् ।



    मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा तलब ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेको थियो । ५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री जनार्दन शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र ‘पे कमिसन’गठन गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।



    चालु वर्षको बजेटबाट सरकारले कर्मचारीको तलव १५ प्रतिशतले बढाएको थियो तर अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलव भने २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार