Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादी अध्यक्ष प्रचण्ड भन्छन् – नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिबाट ढिला नहुनु पर्थ्यो

    माओवादी अध्यक्ष प्रचण्ड भन्छन् – नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिबाट ढिला नहुनु पर्थ्यो

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि जनाएका छन् ।

    जापान भ्रमणबाट बुधबार स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा विधेयक प्रमाणीकरण हुन ढिला नहुनुपर्ने बताए ।



    प्रचण्डले भने नागरिकता संशोधन विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका छन् । तर राष्ट्रपतिबाट हालसम्म प्रमाणीकरण भएको छैन ।



    उनले आफ्नो जापान भ्रमण धेरै राम्रो भएको बताए । ‘पहिलो पटक जापान गएको हो, के होला कसो होला भन्ने थियो, तर धेरै राम्रो भयो’ उनले भने । साउन २१  गते जापान भ्रमणमा गएका प्रचण्ड चार दिनपछि बुधबार नेपाल फर्किएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार