Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुदूरपश्चिममा एकै दिन ९४ जनामा कोरोना संक्रमण

    सुदूरपश्चिममा एकै दिन ९४ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 897
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा एकैदिन ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १ हजार १०७ जनाको परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



    संक्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ५७, कैलालीका ३३, डडेल्धुराका २, बैतडीका १ र दार्चुलाका १ जना रहेका छन् । तीमध्ये भारतबाट फर्किएका २१ जनामा संक्रमण पुष्टि भएको हो ।



    गौरीफन्टा नाकाबाट १२, गड्डाचौकी नाकाबाट फर्किएका ७, पुलघाट नाकाबाट १ र झुलाघाट नाकाबाट फर्किएका १ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार