Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सत्तारूढको महागठबन्धन कसरत : गठबन्धनमा जोडिन बालुवाटारमा निवेदन

    सत्तारूढको महागठबन्धन कसरत : गठबन्धनमा जोडिन बालुवाटारमा निवेदन

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 750
    SHARES

    काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गठित पाँच दलीय गठबन्धनलाई ‘महागठबन्धन’को स्वरूप दिनेगरी छलफल अघि बढाइएको छ ।

    स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा आबद्ध दल तालमेलसहित अघि बढेपछि आएको परिणाम हेरेर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनबाहिरका दलसमेत गठबन्धनमा जोडिने कसरतमा छन् ।



    पछिल्लो समय गठबन्धनको एक घटक जसपाबाट अलग भएको डा। बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीदेखि महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०सम्म सत्तारूढ गठबन्धनसँग जोडिने पक्षमा छन् ।



    भट्टराईले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेरै ‘गठबन्धनमै रहने’ चाहना व्यक्त गरेका थिए भने लोसपा नेतासँग पनि देउवाको बाक्लो भेटघाट भइरहेको छ ।

    यसैगरी, नेकपा एमालेबाट अलग भएर बामदेव गौतमले नेतृत्व गरेको दल पनि सत्तारूढ गठबन्धनसँगै मिलेर आगामी निर्वाचनमा होमिने पक्षमा छ भने गौतमसँग छुटेर समाजवादी केन्द्र गठन गरेका युवराज सफलले आप्mनो समूहलाई ‘पाँच दलीय गठबन्धनमा समेट्न’ भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवासँग आग्रह गर्दै निवेदन नै दिएका छन् ।

    सफलले मंगलबार विज्ञप्ति जारी गर्दै ‘प्रधानमन्त्री देउवा र कांग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटमा पाँच दलीय सत्ता गठबन्धनमा सहभागी भई आगामी निर्वाचनमा जोडिने’ विषयमा छलफल भएको बताएका थिए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार