Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो

    भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । भारतीय कमेडियन राजु श्रीवास्तव चार दिनदेखि दिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा छन् । उनका फ्यानहरूले कमेडियनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । डाक्टरका अनुसार उनलाई पाइपको माध्यमबाट दूध दिइएको छ ।

    उनको मुटु र पल्सले ठीकसँग काम गरिरहेको छ । तर उनको दिमाग भने अझै अचेत छ । अभिनेता अमिताभ बच्चनले राजुको परिवारलाई फोनमार्फत एक अडियो सन्देश पठाइएको छ । ‘राजु उठ, अब धेरै भयो । अझै धेरै काम गर्नुछ’, अडियोमा अमिताभले भनेका छन् । उनले राजुको स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।



    राजु अमिताभ बच्चनलाई आफ्नो आदर्श मान्छन् । डाक्टरले उनको परिवारलाई राजुले कुनै पनि विषयमा प्रतिक्रिया नदिइरहँदा उनलाई कोही प्रिय मान्छेको आवाज सुनाएमा सायदै त प्रतिक्रिया जनाउने हुन् कि भनेर सल्लाह दिएका थिए ।



    त्यसपछि उनको परिवारले अमिताभलाई उनले मोबाइल पठाएको लिखित सन्देशभन्दा अडियो सन्देश प्रभावकारी हुन सक्ने बताएपछि अमिताभले अडियो सन्देश पठाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार