Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • इजरायलले कृषि क्षेत्रमा १ हजार नेपाली कामदार लैजाने

    इजरायलले कृषि क्षेत्रमा १ हजार नेपाली कामदार लैजाने

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । इजरायलले नेपालबाट थप एक हजार कामदार लैजाने भएको छ । यसअघि केयर गिभरमा एक हजार भन्दा बढी नेपाली कामदार लगेको इजरायलले कृषि कामका लागि थप एक हजार जना लैजाने भएको हो ।

    उक्त कुराको जानकारी नेपालस्थित इजरायली दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जानकारी गराएको छ । आज मन्त्री शेरबहादुर कुँवरसँग भेट गरी इजरायलका राजदूत खनान गोदेरले उक्त कुरा जानकारी गराएका हुन् ।



    मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको थियो । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषय टुंगो लगाएको बताएका थिए ।



    इजरायल र नेपाल सरकारबीच जी टु जीमार्फत नेपाली कामदार लैजाने सहमति भएको थियो । इजरायलमा नेपालीले गर्दै आएको कामको मूल्यांकनको आधारमा थप कामदार लैजान इजरायली कम्पनीहरू तयार भएका हुन् । सोही आधारमा इजरायल सरकारले नेपालबाट कृषी क्षेत्रमा समेत १ हजार कामदार लैजाने सहमति गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार