Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पिपुल्स पावरको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

    पिपुल्स पावरको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 822
    SHARES

    फाइल फोटो

    काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडले आज मंगलबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गर्दैछ ।

    कम्पनीले प्रतिकित्ता सय रुपैयाँअंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँबराबरको २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ ।



    ५ प्रतिशत अर्थात् एक लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरूमा सुरक्षित गरिएको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।



    लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त मितिसम्म मागबमोजिम आवेदन नपरेमा भदौ १४ गतेसम्म आवेदन दिन समय थप हुनेछ ।

    लगानीकर्ताले मेरोसेयर वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार