Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी

    पार्टीभित्रैबाट देउवाविरुद्ध खबरदारी

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 450
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सभापति शेरबहादुर देउवाले सबै पक्षलाई समेटेर अघि बढ्न नसकेको आरोप लगाउँदै कांग्रेसका एकथरी नेता तथा कार्यकर्ता सार्वजनिक कार्यक्रममार्फत विरोधमा उत्रिएका छन् ।

    पार्टीभित्र सभापति देउवाले एकलौटी गरेको र केन्द्रीय समितिले गरेका निर्णय पनि कार्यान्वयन गर्न नसकेको दाबी गर्दै शेखर कोइराला पक्षले बुधबार राजधानीमा सार्वजनिक कार्यक्रममार्फत उनको विरोध गरेको हो ।



    कोइराला पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा देउवासँग पराजित भएका हुन् । पराजयपछि उनले पार्टीमा आफूले भागबन्डाको राजनीति नगर्ने बताएका थिए । तर समय बित्दै जाँदा उनी पनि भागबन्डाका पक्षमा देखिएका छन् । साथै कोइरालाले सभापति देउवाले इतरपक्षसँग सामान्य छलफलसमेत नगरेको भन्दै असन्तुष्टि पोखिरहेका छन् ।



    कोइराला पक्षले सभापति देउवको कार्यशैलीको प्रतिवाद गर्ने निर्णय यसअघि गरिसकेको छ । कोइरालाले आफूलाई देउवाले सभापतिपछिको वरीयता नदिएको, इतरपक्षबाट महाधिवेशनमा पदाधिकारी प्रत्यासी बनेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत नगरेको र पार्टीका भ्रातृ संगठनका प्रमुख तोक्दा परामर्श नगरेको गुनासो गर्दै आएका छन् । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार