Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • तल्लो तहका कर्मचारीको सम्मान गर्नुस् : मेटमणि चौधरी

    तल्लो तहका कर्मचारीको सम्मान गर्नुस् : मेटमणि चौधरी

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 957
    SHARES

    काठमाडौँ । शहरी विकासमन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिएका छन् ।

    संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको बुटवलमा उद्घाटनपछि बोल्दै मन्त्री चौधरीले त्यस्तो धारणा राखेका हुन् ।



    नेपालमा तल्ला तहका कर्मचारीलाई अपमान गर्ने प्रवृत्ति रहेको औल्याउँदै त्यसलाई सुधार्नुपर्नेमा जोड दिदैँ  उनले भने, ‘हाकिम भएँ भन्ने नसोच्नुस् । ठूलो भएँ भन्ने नसोच्नुस् । कुचिकारहरूले काम नगरे के होला ? उनीहरूबिना के अस्पताल सफा हुन सक्ला ? तपाईंहरूले अल्लि पढ्नुभएको होला । तलब पनि बढी होला, तर तपाईंहरूलाई चिया खुवाउने, कार्यालय सफा गर्नेहरूलाई अपमान नगर्नुस् ।’



    नवनिर्मित भवनको शहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार