Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पारित गरिनु दुर्भाग्यपूर्ण : कमल थापा

    राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पारित गरिनु दुर्भाग्यपूर्ण : कमल थापा

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 711
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विवादित नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गरिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

    बिहीबार प्रतिनिधिसभा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक हुबहु बहुमतले पारित गरेपछि थापाले यस्तो बताएका हुन् ।



    उनले विवादित नागरिकता विधेयक पारित गरेर सत्ता गठबन्धनले राष्ट्रघात गरेको आरोप लगाए ।



    उनले ट्वीटरमा लेखेका छन्-‘पुनर्विचारका लागि फिर्ता पठाईएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गम्भीर प्रश्नहरुको उपेक्षा गरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ । विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिन सकिने व्यवस्था कायम गरेर सत्ता गठबन्धनले राष्ट्रघात गरेको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार